कलेजो क्यान्सर पीडित भुर्तेलको उपचारका लागि सहयोग हस्तान्तरण
कलेजो क्यान्सर पीडित शिव उपाध्याय भुर्तेलको उपचारका लागि झण्डै ६ हजार अमेरिकी डलर रकम जुटेको छ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा भुर्तेलको उपचारका लागि ५ हजार ९ सय ५४ अमेरिकी डलर संकलन भएको हो। भुर्तेल नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार हुन्। कलेजो क्यान्सरबाट पीडित भुर्तेलको हाल अमेरिकाको कोलोराडोमा उपचार भइरहेको छ।
नेविसंघका पूर्व कोषध्यक्ष समेत रहेका भुर्तेलको उपचारका लागि नेजस अमेरिकाका सभापति आनन्द विष्ट र सिँगो कार्यसमितिको पहल र नेपाली जनसम्पर्क समिति अमेरिकाले कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारीको संयोजकत्वमा उपचार खर्च जुटाइएको हो।
कोलोराडोमै उपचार गराइरहेका भुर्तेललाई नेजस अमेरिका कोलोराडो च्याप्टरको सभापति गणेश भण्डारीले अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए।
भुर्तेललाई हालसम्म पाँच वटा केमो थेरापी दिइसकेको छ। केमो थेरापीपछि उनको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।


0 comments
प्रतिकृया दिनुहोस