प्रदूषणका कारण भारतमा एक मिनेटमा दुई जनाको मृत्यु

प्रदूषणका कारण भारतमा एक मिनेटमा दुई जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।

स्वास्थ्य पत्रिका द लासेटमा प्रकाशित एक रिर्पोटले प्रदूषणका कारण सबै भन्दा बढी भारतीय नागरिकको मृत्यु हुने गरेको देखाएको हो। रिर्पोट अनुसार प्रदूषणकै कारण भारतमा एक वर्षमा एक लाख भन्दा बढी व्यक्त्लिे ज्यान गुमाउने गरेका छन्। यो रिर्पोट २०१० पछिको तथ्यांकमा आधारित रहेको हो।

४८ जना वैज्ञानिकको अनुसन्धानबाट सार्वजनिक गरिएको उक्त रिर्पोट अनुसार भारतको नयाँ दिल्ली र पटना क्षेत्रको हावामा सबै भन्दा बढी प्रदूषण देखिएको छ।

उक्त रिर्पोट प्रकाशित भएपछि प्रदूषका कारण भारतमा आउने समयमा करिब ३८ बिलियन डलरको नोक्सान हुने वल्र्ड बैंकले अनुमान गरेको छ। एजेन्सी

0 comments

प्रतिकृया दिनुहोस