स्कुले छात्रामाथि बलात्कार, अचेत अवस्थामा रिक्साबाट फालियो

कक्षा १० मा पढ्ने १५ बर्षीया स्कुले छात्रामाथि सामूहिक बलात्कार भएको छ। स्कुलबाट फर्कने क्रममा बाटोमा उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।

घटना भारत बिहारको हो। गया जिल्लाको मुफस्सिल थाना क्षेत्रमा सामूहिक बलात्कारको केस दर्ता भएको छ।

गया जिल्लाको विष्णुपद क्षेत्रकी ति छात्रा स्कुलबाट फर्कने क्रममा वजीरगञ्ज, हेमजा गाउँका मंटू यादवले बाटोमा चाउमीन र चिसो पेय खुवाएर फकाएका प्रहरी उजुरीमा उल्लेख छ।

बलात्कार क्रममा बेहोस्
पीडित छात्राको वयान अनुसार आरोपी मंटू यादवले गुगरीरटांड भन्ने ठाउँमा लगेर केही साथिहरू पनि जुटाएर छात्रामाथि सामूहिक बलात्कार गरेका थिए।

अचेत अवस्थामा सोमवार बेलुका छात्राको उद्दार गरिएको थियो। बलात्कारकै क्रममा अचेत भएकी ति छात्रालाइ अटो रिक्सामा राखेर सुनसान ठाउँमा पुर्याएर फालिएको थियो। उद्दार पछि अस्पताल लगिएको र घण्टाै पछि उनको होस खुलेको र अहिले छात्राको अवस्था खतरामुक्त रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।

0 comments

प्रतिकृया दिनुहोस