पृथ्वी जस्तै ७ नयाँ ग्रह फेला, तीन ग्रहमा मानव बस्तीको सम्भावना
काठमाडौँ, १२ फागुन - अन्तरिक्ष एजेन्सी नासाले पृथ्वी जस्तै ७ नयाँ ग्रह फेला परेको दाबी गरेको छ। यसमध्ये ३ ग्रहमा मानव जीवनको सम्भावना रहेको छ।
नासाले यो जानकारी ट्वीट मार्फत सार्वजनिक गरेको हो। नासाले ट्वीटमा लेखेको छ, 'नयाँ रेकर्ड, हाम्रो सौर्यमण्डलको बाहिर आवासीय क्षेत्रमा एउटा ताराको वरिपरी पृथ्वीको आकार जस्तै सात नयाँ ग्रह फेला परेका छन्।' अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको स्पिट्जर स्पेस टेलीस्कोपले पत्ता लगाएको उक्त ग्रह आकारमा पृथ्वी जस्तै ठूला रहेका छन् र आवासीय क्षेत्रको नियन्त्रणमा आउने गर्दछन्।
पृथ्वीको आकारमा रहेका यि सात ग्रह ४० प्रकाश वर्ष दूरीमा रहेका छन्। वैज्ञानिकका अनुसार यि ग्रहको तापक्रम सून्यदेखि एक सय डिग्री सेल्सियससम्म रहेने गर्दछ ।यी ग्रहहरु ट्रयाप्पिस वन नामका ताराकै आसपासमा रहेको वैज्ञानिकको दाबी छ। र सबै एकअर्काको नजिकै रहेका छन्। ट्रयाप्पिस वन नामको तारा एकदमै चिसो रहेकाले यी ग्रहमा पनि चिसो हावापानी रहेको वैज्ञानिकले अनुमान गरेका छन्।
अमेरिकी स्पेस एजेन्सी नासाले आफ्नो पार्टनर्ससँग मिलेर यस नयाँ सौर्य प्रणालीको अनुसन्धान गरेको हो। खोज अनुसन्धानमा संलग्न एक वैज्ञानिकका अनुसार फेला परेका यि ग्रह मध्ये एक ग्रह यस्तो छ, जसमा पृथ्वीमा जस्तै पानी भेटिएको छ। यस बाहेक दोस्रो ग्रहमा पनि तरल पदार्थ पानीको सम्भावना देखिएको छ।


0 comments
प्रतिकृया दिनुहोस