जनकपुरमा घाँटी रेटिएको अवस्थामा एक युवा भेटिए, उपचारको लागि काठमाडौं ल्याइदै

काठमाडाैं, ११ फागुन। जनकपुरमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन्। मुजेलिया सशस्त्र प्रहरी चेकपोष्ट अगाडि घाँटी रेटिएको अवस्थामा करिव २० वर्षका युवा फेला परेका प्रहरीले जनाएको छ।

धनुषा प्रहरी प्रमुख मनोज यादले घटनाको पुष्टी गर्दै अनुसन्धान सुरू गरिएको बताए। ‘घाँटीमा धारिलो हतियार प्रहार गरेको देखिन्छ, यसबारे विस्तृत विवरण बुझ्न बाँकी नै छ,’ यादवले डिसी नेपालसँग टेलिफोनमा भने ‘घाइते अवस्थामा भेटेपछि मोटरसाइकलमा राखेर हामीकहाँ ल्याएका थिए, को हुन्, कस्ले आक्रमण गरेको भन्ने खुल्न बाँकी छ।’

जिल्लामा उपचार संभव नभएपछि थप उपचारका लागि काठमाडाैं पठाइएको यादवले बताए।

अपडेटः
घाइते युवा १९ बर्षीय सुवास भनिने गाैतम कुमार झा रहेका प्रहरी प्रमुख यादवले जानकारी दिए। घटनामा संलग्न फिरोज ठाकुर र अर्का एक पक्राउ परेका छन्। यो घटना बुधबारको मधेस बन्द र राजनीतिक विषयसँग सम्बन्धित नरहेको आपराधिक घटना भएको यादवले जानकारी दिए।

0 comments

प्रतिकृया दिनुहोस