ह्वाइट हाउसमा यसरी गरिन्छ नयाँ राष्ट्रपतिलाई स्वागत, पुरानोलाई विदाईः अचम्मित गरिदिने ५ परम्परा

अमेरिकाका ४४ औं राष्ट्रपति बराक ओबामा ह्वाइट हाउसबाट विदाई भएसँगै करिब ४ हजार पद खाली भएका छन् । ट्रम्प र उनको समूहले यही खाली पदपूर्तीका लागि कसरत गरिरहेका छन् । यद्यपी, ट्रम्पले ह्वाइट हाउसका पर्मानेन्ट रेसिडेन्स कर्मचारीलाई परिवर्तन नगर्ने स्पष्ट पारेका छन् ।

– २० जनवरी ओबामाको ह्वाइट हाउसमा अन्तिम दिन रह्यो ।

– दिउँसो १२ बजे नयाँ राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमा प्रवेश भए ।

– परम्परा अनुसार ट्रम्प १२ बजेभन्दा पहिले ह्वाइट हाउसमा प्रवेश गर्न सक्दैनन् ।

– अर्थात्, ह्वाइट हाउसको घडी अनुसार ११ बजेर ५९ मिनेटमा पनि नयाँ राष्ट्रपतिले ह्वाइट हाउसमा कदम राख्न पाउँदैनन् ।

– अपरान्ह १२ बजेपछि नयाँ र पुराना राष्ट्रपतिको परिवारबिच भेटघाट हुन्छ ।

– खानाका लागि ह्वाइट हाउसमा एउटा भिन्नै परम्परा छ । नयाँ राष्ट्रपतिले पुराना राष्ट्रपतिसँग ह्वाइट हाउसमा नभई गेस्ट हाउसमा खाना खाइन्छ ।

जब ट्रम्प नयाँ राष्ट्रपतिको रुपमा शपथ लिइरहेका हुन्छन् त्यतिबेला उनको सामानले भरिएको ट्रक ह्वाइट हाउसका लागि प्रस्थान गर्नेछन् । यहाँ रोचक कुरा के छ भने ह्वाइट हाउसमा ट्रम्पको ट्रक मुख्य गेटको उल्टो दिशामा राखिन्छ । यस्तै, ओबामाको सामान राखिएको ट्रकको अगाडिको भाग ह्वाइट हाउसको मुख्य गेटको ठिक अगाडि हुन्छ । दुबै राष्ट्रपतिको सामान राखिएको ट्रकबाट सामान राख्न निकाल्नका लागि ३ सय कर्मचारी राखिन्छ जोसँग यो कामको लागि ६ घण्टाको समय मात्र हुनेछ ।

तपाईंलाई सुन्दा अचम्म लाग्ला । यो क्रममा केही कर्मचारी ह्वाइट हाउसका केहि विशेष कोठालाई रङरोगन पनि गर्छन् । यसका साथै यो ६ घण्टाभित्र नै नयाँ राष्ट्रपतिको स्वागतका लागि १३२ कोठा सजाउने काम पनि हुन्छ ।
ह्वाइट हाउसको सर–सफाइका साथै भान्छा कोठामा पनि निकै चहलपहल हुने गर्दछ । नयाँ र पुराना राष्ट्रपतिको परिवारका लागि सयौं प्रकारको खानेकुरा तयार गरिन्छ । ह्वाइट हाउसको सबैभन्दा रोचक कुरा के छ भने नयाँ राष्ट्रपतिको स्वागत र पुरानोलाई विदाईका लागि खानामा शेफको इच्छाअनुसारको खाना बनाउने गर्दछ ।
दुबै राष्ट्रपतिको सामान खोल्ने र प्याक गर्ने जिम्मेवारी ह्वाइट हाउसका कर्मचरीको नै हुन्छ । यसमा राष्ट्रपतिले कुनै हस्तक्षेप गर्न पाउँदैनन् । यद्यपी, मिडिया रिपोर्ट अनुसार ट्रम्पले ह्वाइट हाउसको सजावटमा फेरबदल गर्न अस्विकार गरेका छन् । यस पटक ह्वाइट हाउसमा एउटा नयाँ परिवर्तन पक्कै पनि देख्न पाइनेछ, त्यो हो ट्रम्पकी श्रीमती र फर्स्ट लेडी मलेनियाको ग्लेम रुम । हो, मलेनियाले ह्वाइट हाउसमा आफ्नो मेकअपका लागि एउटा भिन्नै कोठा बनाउने कुरा बताएकी छिन् । किनभने, मेलानियालाई दैनिक आफ्नो मेकअपका लागि सवा घण्टा समय लाग्छ ।
साधारणतया ह्वाइट हाउसमा ऐतिहासिक वस्तुहरु परिवर्तन गर्न मनाही छ । तर ओबामाले एक टेनिस कोर्टलाई बास्केटबल कोर्टमा परिवर्तन गरोक थिए । त्यस्तै, बिल क्लिंटनले आठ सिट भएको बाथ टब बनाएका थिए ।

0 comments

प्रतिकृया दिनुहोस