मिटरमा हिड्न मान्दैनन ट्याक्सी, ‘हाउ मच’मा हुन्छ बार्गेनिङ

काठमाडौं, ८ माघ । केही दिन पहिले सर्लाहीका दिलदबहादुर राउत बुबाको उपचारका लागि पाटन अस्पतालमा थिए । पेट दुख्ने समस्याले थलिएका उनका बाबुलाई पाटन अस्पतालले बिरेन्द्र अस्पताल छाउनीमा रिफर गरिदीयो ।

अपरान्ह ४ बजे पाटन अस्पतालको बाहिर निस्कँदा करिब १५ वटा ट्याक्सी लाइनमा थिए । उनले छाउनीसम्म जानलाई ५ वटा ट्याक्सी चहार्दा ड्राइभर थिएनन् । बल्ल २ ट्याक्सीका ड्राइभर भने त्यहाँ थिए । तिनीहरुलाई राउले छाउनी पुर्याइदिने भने । तर, उनीहरुले कति दिनुहुन्छ ? भनेर प्रश्न गरे । राउतले मिटरमा जाँउ भनेर आग्रह गर्दा ट्याक्सी ड्राइभरले मिटरमा त गइन्न भनेर चिया पसल तिर लागेको राउतले मिडिया एनपीसँग बताए ।

‘बुबालाई अस्पताल लैजान हतार भइरहेको थियो तर, ट्याक्सीका कारण आधा घण्टा कुर्नु पर्यो,’ उनले भने, ‘मिटरमा जाँउ भनेको यहाँका कुनै पनि ट्याक्सी मिटरमा जाँदैनन्, कति दिने ? भनेर प्रश्न गरे ।’

राउतले ट्याक्सी ड्राइभरसँग कुरा गरिरहँदा छेउमा प्रहरी पनि थिए । तर, उनीहरुले मुकदर्शक बनेको राउतले सुनाए । अधा घण्टा कुरिसकेपछि एउटा ट्याक्सी आयो र राउतलाई सोध्यो – जाने हो ? राउले जाने तर, मिटरमा मात्रै भनेर जवाफ फर्काए । ती तामाङ थरका ड्राइभरले मिटरमै लैजान्छु भनेपछि राउतले आफ्ना बुबालाई छाउनी पुर्याए ।

ट्याक्सीले मिटरमा जान्न भनेपछि ट्राफिक प्रहरीलाई खबर गर्नु भएन ? भन्ने मिडिया एनपीको प्रश्नमा राउतले भने, ‘मलाई त होसै भएन । ट्याक्सीमा चढेपछि ट्याक्सी चालक तामाङ भाईले यीनीहरुले मिटरमा जान मानेनन् होला हैन ? भनेर प्रश्न गरे, मैले हो भने । अनी उनले १०३ मा किन खबर नगरको भन्दा पो म झसंग भएछु ।’

राउतलाई तामाङ थरका ट्याक्सी चालक आफै ट्याक्सी चढ्न खोज्दा मिटरमा लैजान्न भन्ने गरेको सुनाएको बताए । ‘चालक भाईले लाई समेत मिटरमा जाँउ भन्दा अरु ट्याक्सी मानेन् रे,’ उनले सुनाए, ‘ट्याक्सी मान्छेले रहरले हैन बाध्यताले चढ्छ । बाध्यताको फाइदा उठाएर लुट्न पाइन्छ ? सरकारले कारबाही गरोस् ।’

यो त प्रतिनिधी घटना मात्रै हो । काठमाडौंका ट्याक्सीले राउतलाई मात्रै होइन अधिकांशलाई मिटरमा हिड्न नमानेर कति दिने भन्दै बार्गेनिङ गर्ने गरेका छन् ।

सरकारले पौष १७ गते देखि ट्याक्सी चढ्दा सर्वसाधरण नठगिऊन् भनेर काठमाडौं उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्न शुरु गरेको भएपनि ट्याक्सीले भने मिटरमा समेत हिड्न मान्दैनन ।

उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले २०७४ साल साउन ७ गतेसम्म काठमाडौं उपत्यकाका सबै ट्याक्सीमा मिटर जडान गरेकाबारेमा जाँच गरिसकिने जनाएको छ ।

कम्प्यूटर विलिङको त कुरै छाडौ, ट्याक्सीले बार्गेनिङ गरेर सर्बसाधरण ठगिगरिरहेका छन् । राजधानीमा सर्वसाधारण ट्याक्सी भाडा महँगो भएको र ठगिने क्रम घटेको छैन ।

ट्याक्सीले सर्वसाधरणलाई दिन दहाडै ठगिरँदा ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेत भने सर्वसाधरणलाई ठगी गर्ने ट्याक्सीलाई कारबाही गरिरहेको बताउँछन् ।

‘मिटरमा नहिड्ने र सर्वसाधरण ठग्ने ट्याक्सीलाई सुचना पाएसम्म हामीले कारबाही गरिरहेका छौ,’ बस्नेतले भने, ‘हामीले पनि सुचनाका आधारमा कारबाही गर्ने हो । सुचना आएसम्म दोषिलाई कारबाही गर्न हामी प्रतिवद्ध छौ ।’

बस्नेतले सर्बसाधरणलाई ट्याक्सीमा ठगिए वा ठग्न खोजे तुरुन्त ट्राफिक प्रहरीलाई खबर गर्न आग्रह समेत गरेका छन् ।

0 comments

प्रतिकृया दिनुहोस