तुलसीको पात रोगहरूको रोकथाममा उपयोगी
सुदिप बिमली, काठमाडौं रोगहरूलाइ टाढा भगाउन तथा शरिरलाइ सधैभरी स्वास्थ राख्नका लागी तुलसीको पातहरू निकै फाइदाजनक हुने गर्दछन । प्राचिन ग्रन्थहरूका पनि तुलसीको उपयोगिताका बारेमा धेरै पढ्न पाइन्छ । तुलसीको पातको यदि नियमित रूपले प्रयोग गर्न सकिएमा यसले धेरै वटा रोगहरूबाट मानिसलाइ छुटकारा पाउन मद्दत गर्दछ ।
तुलसीलाइ चियामा हालेर हर्बल टी बनाएर पिउन सकिन्छ । यसले निकै फाइदा पुर्याउँदछ । यसले शरीरमा प्रतिरोधक क्षमता बढ्दछ । त्वचा रोगबाट सम्बन्धित विकार टाढा हुने गर्दछ । काडापानीमा तुलसीको पत्ति हालेर पिएमा कफ, खोकी तथा रूघालाइ आराम पुर्याउँदछ । एक कप चियामा तुलसीको चार पत्तिहरू प्रयोगमा ल्याउन सकिन्छ ।
यसको पातलाइ कहिल्यै त्यतिकै चपाउनु हुँदैन यसलाइ त पानीमा राखेर पिउनु पर्दछ, किभने यसको पातमा पारो (मरकरी) को एक माथिल्लो परत हुन्छ, जसले तपाइँको दातको इनामेलको लेयरलाइ हानी पुर्याउन सक्दछ ।
शरीरा आलश्य भैरहेको छ भने वा ज्वरो आउन लागेको छ भने पुदीनाको रस र तुलसीको रस बराबर मात्रामा मिलाएर त्यसमा केही सख्खर हालेर पिउनाले आराम मिल्दछ । दाँतमा किरा लाग्यो भने तुलसीको रसमा कपूर मिलाएर कपासमा भिजाएर लगाएमा आराम हुन्छ । यति बहुउपयोगी तुलसीलाइ हामी पनि आजैदेखि प्रयोगमा ल्याउने हो कि ।


0 comments
प्रतिकृया दिनुहोस