सबैभन्दा महँगो समारोहबिच ट्रम्प बने राष्ट्रपति, फोटोमा हेर्नुहोस् यस्तो थियो स्थिती

अमेरिकाका नयाँ राष्ट्रपति डोनल्ड ट्रम्प र बराक ओबामा एउटै कारमा बसेर वासिंगटन पुगेका थिए । ट्रम्पले शुक्रबार राती नेपाली समयनुसार बेलुकाको सवा १० बजे अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरे । ट्रम्प बिहिबार नै आफ्ना परिवारसँग वासिङ्टन पुगेका थिए । कार्यक्रममा करिब ९ लाख मानिसको उपस्थिती थियो ।

– अमेरिकामा नयाँ राष्ट्रपतिको यति धेरै विरोध भएको यो पहिलो पटक हो ।

– सेन्ट्रल वासिङ्टनमा विरोधीहरुले थुप्रै पसल र बैंकमा तोडफोड गरेका छन् ।

ट्रम्पको समारोहमा डेमोक्रेटिक पार्टीका ६० सांसद समावेश थिएनन् ।

– यस्तो पहिलो पटक भयो जब विपक्षीले राष्ट्रपतिको शपथ ग्रहण समारोहलाई अस्विकारको घोषणा गरे ।
यस्तै, शनिबार ट्रम्पको विरोधमा जुलुस निकाल्ने तयारी भइरहेको बताइएको छ जसमा दुई लाखभन्दा बढि मानिसको संलग्नता हुने अनुमान गरिएको छ ।
सबैभन्दा महँगो समारोहः

– द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पको शपथ ग्रहण समारोहमा करिब १२६३ करोड भारु अनुमान गरियो ।

– यो पछिल्लो शपथ ग्रहण कार्यक्रमका आयोजक र अहिलेको समारोहको आयोजना गरिरहेका अधिकारीको रिपो
– यो पछिल्लो शपथ ग्रहण कार्यक्रमका आयोजक र अहिलेको समारोहको आयोजना गरिरहेका अधिकारीको रिपोर्ट अनुसार हो ।
– समारोहका लागि सुरक्षामा मात्र ७ सय कारोड भारु खर्च भएको अनुमान छ ।

0 comments

प्रतिकृया दिनुहोस