पार्किङमा राखेको साझा बसमा तोडफोड
पार्किङमा राखिएको बा ३ ख २२१६ नम्बरको साझा बसमा अज्ञात समूहले गए राति तोडफोड गरेको छ ।
बुधबार रातिको समयमा उनीहरु भित्र पसि बसको दुईवटा झ्यालका सिसाहरु, १ थान सिसि क्यामेरा र बसको टेलिभिजन समेत तोडफोड गरी करिव ९० हजार रुपैयाँ मुल्य बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
एकजना व्यक्तिबाट उक्त कार्य गर्न सम्भव नदेखिएकोले क्षति पुर्याउने समूहको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक अनिल खड्काले बताए । आफूहरुले बसको सिसि क्यामेरा फुटेजमा कैद भएको दृश्यको आधारमा अनुसन्धानलाई अघि बढाउने समेत उनले बताए ।
क्षतिको बारेमा आफूले साझा बसको केन्द्रिय कार्यालयमा समेत जानकारी गराइसकेको बसका चालक ललितपुरका ४ सुनाकोटीका ४२ वर्षीय दिपक बस्नेतले बताए ।


0 comments
प्रतिकृया दिनुहोस