थाइराइडको समस्या छ भने खानुहोस यी खानेकुरा
काठमाडौं । थाइराइडको गडबडी एक यस्तो अवस्था हो, जसले थाइराइडको काममा अवरोध पैदा गर्दछ । पछिल्लो समयमा थाइराइडको समस्या भएको विरामीहरुको संख्या बढ्दै गएको छ । पुरुषको तुलतामा महिलामा यो समस्या बढी पाइएको छ ।राजधानीबाट, थाइराइड घाँटीको अघिल्लो भागमा पुतली आकारमा हुन्ट । थाइराईड हर्मोनले शरीरको मेदाबोलिज्मलाई केही रुपमा नियन्त्रण गर्छ । यहाँ केही यस्ता खानेकुराको चर्चा गरिएको छ जसले थाइराइड स्वास्थ्यका लागि फाइदाजनक छ ।
हरियो पात भएको तरकारी : आफ्नो भोजनमा बिहान हरियो पात भएको सब्जी र सलादको प्रयोग गर्नुहोस किनकी यो म्याग्नेशियमको राम्रो स्रोत हो । यसमा मिनरल पनि प्रचुरमात्रामा पाइन्छ र शरीरको प्रक्रियामा राम्रो भूमिका खेल्छ ।
नट्स : आफ्नो भोजनमा काजु, बदामलगायत खानुहोस् किनकी यसमा आइरन र सिलिनियम पाइन्छ । जुन थाइराइड स्वास्थ्यका लागि फाइदाजनक छ ।
समुद्री भोजन : यदी तपाई समुद्री भोजन गर्नुहुन्छ भने थाइराइड स्वास्थ्यमा सुधार हुन्छ । किनकी माछालगायत समुद्री खानेकुरा आयोडिनको प्रमुख स्रोत हो र यसले थाइराइड फंक्कसनलाई बलियो बनाउँछ ।
नुन : सहि तरिकाले काम गर्नका लागि थाइराइडलाई आयोडिनको जरुरी हुन्छ । यसका लागि आयोडिनयुक्त नुन खाने गर्नुहोस् ।
अण्डा : अण्डा सिलिनियमको राम्रो स्रोत मानिन्छ । मिनरल थाइराइड हर्मोन टी४ लाई टी३ मा रुपान्तरित गर्दछ ।


0 comments
प्रतिकृया दिनुहोस