मापसे कति गरियो, स्मार्टफोनमा थाहा पाउन सकिने

मादक पदार्थ सेवनको मात्रा थाहा पाउने उपकरण अहिले ब्रेथलाइजर मात्र छ। छिट्टै बजारमा मापसे कति गरियो र शरिरले कतिसम्म धान्छ भन्ने नयाँ उपकरण पनि आउने पक्का भएको छ। दअमेरिकाको लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा मिलो कम्पनीले नयाँ रिस्ट ब्याण्ड नामक उपकरण पेश गरेको छ।

जसले सेन्सरको माध्यमबाट स्मार्टफोन मोबाइलमा मापसे कति गरियो, कतिसम्म गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छ। छालाको माध्यमबाट उपकरणले जानकारी लिने र चाँडोभन्दा चाँडो स्मार्टफोनबाट जानकारी दिन सकिने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।

0 comments

प्रतिकृया दिनुहोस