पाठेघरको मुखको क्यान्सरबाट यसरी बच्नुहोस्
‘झलक दिखलाँ जा’को फाइनलमा तेरिया मगर
पाँच वर्षअघि भारतीय टेलिभिजन च्यानल जिटिभीको लोकप्रिय ‘डान्स रियालिटी शो’ को विजेता बन्न सफल नेपाली चेली तेरिया मगर भारतकै अर्को चर्चित नृत्य प्रतिष्पर्धात्मक टेलिभिजन शो ‘झलक दिखलाँ जा’को अन्तिम चरणमा पुगेकी छन्।
कलर्स च्यानलबाट प्रसारण हुने उक्त शो आउँदो शनिबार सम्पन्न हुनेछ। रुपन्देहीकी तेरियालाई विजेता बनाउन सामाजिक सन्जालमा ‘तेरियालाई जिताऔं’ अभियान चलेको छ। तेरियाले पनि आफूलाई जिताउनका लागि भोट दिन आग्रह गरेकी छन्।
अनलाइनका माध्यमले संसारभरबाट तथा भारतीय सिमकार्ड प्रयोकर्ताले सय पटकसम्म भोट दिन सकिने बताइएको छ। बिहिबार राति नौ बजेसम्म भोट गर्न सकिने बताइएको छ।


0 comments
प्रतिकृया दिनुहोस