रइसको प्रचारका लागि शाहरुखले ल्याए यस्तो रणनिती

एजेन्सी– बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म ‘रइस’ प्रचारका लागि मुम्बईबाट दिल्लीसम्म ट्रेनमा यात्रा गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार
यस फिल्मका निर्माता रितेश सिद्धवानीले यस खबरको पुष्टी गरेका हुन् ।

सोमबारबाट शाहरुखले यात्रा सुरु गर्ने बताइएको छ । उनी सँगै उनको टिमले पछि यात्रा गर्ने बताइएको छ ।

तर फिल्मकी हिरोइन माहिरा खान भने टोलीमा सामेल नहुने बताइएको छ । यो ट्रेन अन्धेरी, बोरीवली, वापी, वलसाइ, सूरत, बडौदा, रतलाम, कोटा सबइ, माधोपुर र मथुरामा रोकिदै दिल्लीको हजरत निजामुद्दीनसम्म पुग्नेछ ।

२५ जनवरीमा रिलिज हुने यो फिल्ममा शाहरुखले एउटा मदिरा माफियाको भूमिका निभाएका छन् भने फिल्मको निर्देशन राहुल ढोलकियाले गरेका हुन् ।

0 comments

प्रतिकृया दिनुहोस