
काठमाडौं, १० माघ । पछिल्लो समय सामाजिक सञ्जालमा चलचित्र छक्का पञ्जाको चर्चा चुलिएको छ । चलचित्र इतिहासमै सर्वाधिक कमाउने चलचित्र बनेको छक्का पञ्जाले एक सय दिन पनि मनायो । केहि दिन अघि पाइरेसीको चपेटामा परेको छक्का पञ्जा युट्वुबमा हालिएपछि चलचित्रले राम्रो भन्दा नराम्रो प्रतिक्रिया पाएको छ ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जालाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । युट्वुबमा थोरै राम्रो र धेरै गाली खाएको छक्का पञ्जाका निर्माताको साथमा कलाकार रहेका दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै नेपालीहरुको किन नेपाली चलचित्रहरुलाई हेर्न दृष्टिकोण फरक हुन्छ भनेर सोधको छन् ।
दीपकले विदेशी फिल्मको अगाडि टाउको उठाको नेपाली चलचित्र उद्योगलाइ समाप्तै पार्ने हो त ? भन्दै प्रश्न गरेका छन् । उनले लेखेका स्टाटस :
यदि कुनै नेपालीले “दंगल “बनाएको भए केहि नेपाली दर्शकको कमेन्टस यस्तो हुन्थ्यो
१) त्यसरी २ वटा नाबालक छोरी माथि अन्याय गर्ने ? चूपो लागेर पढ्नु पर्ने उमेरमा जबरजस्ति कुस्ति खेलाउने? यो सरासर बाल अधिकारको हनन हो
२) बच्चा कुन क्षत्रमा लाग्छू भन्ने बच्चाको इच्छ्या हो, बौ ले भनेको मान्नै पर्ने यो कस्तो फिलिम हो
३) बच्चि नारि हुन् बौ पुरूष, यो सरासर नारि माथि अन्याय हो

४) आमिर खान बच्चालाइ कुस्तिमा लान चाहन्छ, पत्निलाइ बोल्न दिदैन, यो पनि पुरूषबादी समाजलाइ प्रमुंखता दिइएको झूर फिल्म हो
५) आमिर खानले ४, ४ वटा छोरी किन पायो ? २ वटामा बन्ध्याकरण गर्नु पर्दैन? छोरानै किन खोज्या? छोराको त्यति धेरै महत्व ? छोरी केहि होइन … त्यसैले यो फिल्म मा सन्देश केहि छैन.. बकवास मूभि हो.. के जान्या छ त्यो आमिरले यो दृष्टिकोण हुन्थ्यो , यदि “ दंगल“ नेपाली फिल्म हुन्थ्यो भने केहि दर्शकका लागि… किनकि यो दृष्टिकोण पनि त हुन सक्छ, मलाइ याद छ एक जमानामा सुपरहिट फिल्म “ लुट“ लाइ लुट्न सिकाको? अब हामि बैक लुटन जाने भन्ने कमेन्ट पनि आयो किन हामि नेपाली चलचित्रलाइ यस्तो दृष्टिकोणले हेर्छौ….
बिदेशी फिल्मको अगाडि टाउको उठाको नेपाली चलचित्र उद्योग
लाइ समाप्तै पार्ने हो त? …. जिज्ञासा मात्रै हो है घमन्ड नभन्नु होला!!!.
छक्का पञ्जालाई बकवास भन्नेलाई दीपकराज गिरीको यस्तो झटारो

0 comments
प्रतिकृया दिनुहोस