तीन अर्ब चौँतीस करोड बाउन्न लाख राजस्व सङ्कलन

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु तीन अर्ब ३४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु दुई अर्ब ६५ करोड १९ लाख राजस्व सङ्कलन गर्ने लक्ष लिएको थियो । कार्यालयले अन्तःशुल्कतर्फ रु एक अर्ब ६० करोड ५६ लाख, आयकरतर्फ रु ९९ करोड ७५ लाख, मूल्यअभिवृद्धि करतर्फ रु ४९ करोड ४३ लाख, घर भाडा करतर्फ रु आठ करोड २९ लाख, स्वास्थ्य सेवा करतर्फ रु चार करोड पाँच लाख तथा शिक्षा सेवा करतर्फ रु दुई करोड ४० लाख राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिए ।

0 comments

प्रतिकृया दिनुहोस