दुई साना दलका सांसदलाई मन्त्री, सञ्चारमन्त्रीले दिए हैसियतको जवाफ

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार मन्त्रिमण्डल विस्तार गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकबाट बाहिरिने क्रममा सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई पत्रकारको भीडबाट एउटा प्रश्न सोधियो । त्यो प्रश्न थियो–सरकारले हैसियत नै नभएका पार्टीका नेतालाई किन मन्त्री बनाउँदै छ ?
जवाफमा सञ्चारमन्त्रीले भने, ‘तपाईँहरु हैसियतको कुरा नगर्नुस्, प्रधानमन्त्रीले पत्रकारको हैसियतको कुरा गर्न विरोध गर्नुहुन्छ, फेरि किन त्यही कुरा गर्नुहुन्छ ?’
उनले थोरै सिट भएपनि मुख्य कुरा सहकार्य हो भन्दै यसलाई प्रधानमन्त्रीको महानता ठान्नुपर्ने तर्क गरे ।

सरकारले निर्वाचन आयोगको खारेजीमा परेका समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई मन्त्री आज मन्त्री बनाउँदै छ । उनीहरुको सपथ राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेको लागि तय भएको बुझिएको छ ।

0 comments

प्रतिकृया दिनुहोस