मन्त्रिपरिषद बैठकले के–के निर्णय गर्यो ?

काठमाडौं सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले दिने १६ अरब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकले दिने सहायता ऋण स्वीकार गर्ने निर्णय गरेको हो। बैठकले बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गरेको छ। यसैगरी प्राविधिक प्रमुख सेनानी खुमबहादुर कुंवरलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।
यसैगरी बैठकले ०७१ सालको बाढी पहिरोबाट क्षतिग्रस्त बाँके, बर्दिया, दाङ, सुर्खेतलगायतका जिल्लामा निजी आवास पुनःर्निर्माणका लागि अनुदान वितरण कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ ।

बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्त गरेको छ। बैठकले नेपाल टेलिकम प्राधिकरणमा रिक्त रहेका २ सदस्य पदपूर्तिका लागि सञ्चार सचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

मन्त्रिपरिषद बैठकले कानुनी क्षेत्रका विभिन्न पदमा नियुक्ति र पदोन्नतिको निर्णय गरेको छ । बैठकले काभ्रेमा हत्या गरिएका अजित मिजार र लक्ष्मी सुनारको छानविन र सहयोगको लागि मन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा एक समिति गठन गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए।

0 comments

प्रतिकृया दिनुहोस