१८ बर्ष पुरानो मुद्दामा सलमानले पाए सफाई
जोधपुर– हतियारको मामलमा भारतीय अभिनेता सलमान खानलाई क्लिन चिट दिएको छ ।
जोधपुर अदालतले सलमानलाई १८ बर्ष पुरानो मुद्दामा सफाई दिएको हो ।
-बहिनी अलविरालाई लिएर सलमान अदालत गएका थिए ।
-फैसलापनि अलविराले इश्वरलाई धन्यावाद दिइन् ।
५१ बर्षका सलमान हिजो नै जोधपुर पुगेका थिए ।
–सन २०१७ को पहिलो महिनामा सलमानलाई यो खुसीको खवर हो ।
-फैसला आएपछि सलमानले आफ्ना समर्थकलाई अटोग्राफ पनि दिए ।
-फैसला सुनेर सलमान निकै खुसी देखिएका थिए ।
-सलमानका लागि बहिनी अलविरा लक्की मानिन्छिन् ।
–सलमानको मुद्दामा बुधवार हतियार सम्बन्धी मामलामा फैसला सुनाइएको छ ।
–उनीमाथि विना अनुमति हतियार राखेको र प्रयोग गरेको आरोप छ ।
–नियमका अनुसार फैसला आरोपलाई सुनाएर पढिन्छ यसकारण सलमान आफै अदालत पुगेका थिए । उनका साथ बहिनि अलविरा पनि थिइन् ।
–१९९८ मा ‘हम साथ–साथ है’ फिल्मको सुटिङका बेला सलमान तीन ठाँउमा हरिणको शिकार गरेको आरोप सलमानमाथि थियो ।
–जोधपुरको नजिक भवाद गाँउमा २ काले हरिण, घोडा फर्मममा १ कालो हिरण र काकाणी गाँउमा २ कालो हिरणको शिकार भएको थियो ।
–भवाद र घोडा गाँउमा भएको हरिण शिकार मामलामा सलमानलाई तल्लो अदालतले १ बर्ष र ५ बर्षको सजाय सुनाईसकेको थियो ।
–पछि उच्च अदालतलाइ उनलाई सफाई दिएको थियो ।
–त्यसपछि राज्य सरकारले यो फैसलाका विरुद्ध सुप्रिम कोर्टमा चुनौति दिएको थियो ।
–सलमानले हरिण शिकारमा जुत पेस्तोल प्रयोग गरेका थिए, त्यसको लाइसेन्स सकिएको थियो भनिएको थियो । यहीकारण उनीमाथि गैरकानुनी तरिकाले हतियार राखेको आरोप लागेको थियो ।
–काकणीमा जतिबेला हरिणको शिकार भएको थियो त्यसबेला त्यहाँ सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलम पनि थिए ।
–सलमान माथि हिरणमाथि गोली हान्ने र अरुमाथि सलमानलाई उस्काएको आरोप लागेको थियो ।
–यस विषयमा २५ जनवरीमा सवै आरोपिमाथि फैसला सुनाइनेछ ।
–त्यसबेला गाउँलेहरुले दुई वटा मृत हरिण भेटाएका थिए, जसलाई गोली हानेर मारिएको थियो ।
–सलमानका ड्राइृरले पनि सलमानले शिकार गरेको बयान दिएका थिए ।
–सलमानले हतियार मामलामा आफुलाई फसाइएको बताउँदै आएका थिए ।
–अदालतले ‘बिनिफि अफ डाउट’ का रुपमा सलमानको पक्षमा फैलला सुनाएको हो ।
–सलमान दोषी पाइएका भए उनलाई सात बर्षसम्म जेल जाने सम्भावना हुन्थ्यो । अव उनी जेल जान नपर्ने भएको छ ।


0 comments
प्रतिकृया दिनुहोस