पुर्वमा आयो इटालियन बाइक

सुनसरी– सुनसरीको इटहरीमा पुर्वाञ्चलकै पहिलो इटालियन ब्राण्डका बेनिलीको बाईक सोरुम खोलिएको छ । लामा टे«र्डसले इटहरीस्थित धरान लाईनमा आफ्नो चौथो सोरुमको उद्घाटन गदै बेनिलीलाई पूर्वमा भित्राएको हो ।
लामा टे«र्डसले १५० सिसिका स्कुटी, २५० र ३०० सिसिका बाईकबाट सेवा शुरु गरेको हो ।
एक करोड २५ लाखको लागतमा अटो व्यवसायी देवराज तामाङले यसको सोरुम खोलेका हुन । प्रमियम बाईकका पारखीलाई बेनिलीका दुई बाईक र एक स्कुटीबाट सेवा पु¥याउने जनाइएको छ ।

यो ब्राण्डका बाईक अन्य भन्दा महंगो भएपनि चलाउन निकै नै छरितो मानिन्छ बेनिलीका बाईक तथा स्कुटीले पूर्वमा राम्रो कारोबार गर्ने अपेक्षा गरिएको छ । नेपालमा दुईबर्ष अघिमात्र लन्च भएको यो बाईकले पोखरा, चितवन र काठमाडौमा यसअघि नै सेवा दिइसकेको छ ।

0 comments

प्रतिकृया दिनुहोस