एमालेको हालत चुनावमा देखिन्छः मन्त्री कार्की
५ माघ, दाङ । सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चारमन्त्री सुरेन्द्र कार्कीले अबको केहि दिनभित्रै मुलुकका प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा आउने दावी गरेका छन् । कांग्रेस, एमाले, माओवादी, मधेसवादी लगायतका सबै दलहरु सहमति नजिक रहेको भन्दै उनले केहि दिनभित्रै निर्वाचनको मिति घोषणा हुने दाबी गरे ।
रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री कार्कीले भने, ‘अब सहमतीको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, मधेसवादी दलहरु पनि अब सहमतिको नजिक आइसकेका छन्, संभवतः एक सातामै सहमतिको ढोका खुल्ने छ ।’
निर्वाचन र सहमतिको वातावरण बनाउनका लागि पत्रकारहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न मन्त्री कार्कीले सुझाव दिए । मिडियाले उक्साहटमा लागेर हौसिँदा माओवादी तेस्रो स्थानमा खुम्चिएको चर्चा गर्दै उनले अहिले हौसिएको एमालेको हविगत पनि त्यस्तै हुने दाबी गरे । अहिले हौसिएको एमालेको हालत के हुन्छ भनेर हेर्न आगामी चुनाव कुर्न उनले सबैलाई आग्रह गरे ।
‘पहिले वि.सं. २०६४ सालमा नेपाली कांग्रेसलाई उचाले मिडियाले, कांग्रेसले चुनाव गरायो, उहि कमजोर । त्यसपछि २०७० सालमा हामीलाई उचाल्यो मिडियाले, हामी सखाप,’ उनले भने, ‘अहिले मिडियाले एमालेलाई बलियो देखाएर चुनाव चाहियो भनिरहेका छन् । त्यो हविगत एमालेले पनि व्यहोर्ने निश्चित छ ।’
जनपक्षीय पत्रकारिता गर्न सुझाव दिए । लोक कल्याणकारी विज्ञापन प्रणालीलाई केहि दिनमै कार्यान्वयनमा ल्याइने भन्दै उनले त्यसका लागि एक समिति समेत बनाइसकेको जानकारी दिए ।


0 comments
प्रतिकृया दिनुहोस