राजमार्ग मिचेर घरैघर

माघ ६, २०७३- राजमार्ग भनिए पनि क्रमश: साँघुरिँदै गएको सडक । किनारमा बस्ती क्रमश: बढ्दो छ । सडक साँघुरिने दर पनि त्यही रफ्तारमा छ । सिद्धार्थ राजमार्ग (सुनौली–पोखरा) अन्तर्गत स्याङ्जा–पाल्पा खण्ड र पृथ्वी राजमार्गको तनहुँ खण्ड पुग्ने हरेक यात्रु यी र यस्ता थुप्रै बेथितिको साक्षी हुन पुग्छ । सडकको जग्गा नओगटी बनाइएका घर देख्नै मुस्किल छ । कुभिन्डे–राम्दी (७९ किमि) सडक किनारका अधिकांश घरटहरा मापदण्डविपरीत छन् । मालुंगा, गल्याङ, वालिङ, पुतलीबजार नगर क्षेत्र, नाँगडाडा, फेदीखोलामा अतिक्रमण अत्यधिक छ । सडक डिभिजन कार्यालय पोखराका अनुसार स्याङ्जातर्फ मात्रै करिब ७ हजार घरटहरा मापदण्डविपरीत छन् ।

0 comments

प्रतिकृया दिनुहोस