News
»
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प यौन दुव्र्यवहारको आरोपमा मुछिए
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प यौन दुव्र्यवहारको आरोपमा मुछिए
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प यौन दुव्र्यवहारको आरोपमा मुछिएका छन् । ट्रम्पको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्धा दर्ता गरिएको छ ।
एक ४१ वर्षीया समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन् । रियालिटी सोकी पूर्व सहभागी जर्वासले पत्रकार सम्मेलन गरेर आफूमाथि यौन दुर्व्यवहार गर्ने ट्रम्पविरुद्ध मान हानीको मुद्दा दायर गरेको जानकारी दिएकी हुन् । ट्रम्पले आफूमाथि सन् २००७ मा यौन दुर्व्यवहार गरेको जर्वासको भनाई छ । ट्रम्पले आफ्नो बारेमा झुट बोलेको जवार्सको भनाई छ । लस एन्जल्समा भएको पत्रकार सम्मेलनमा जवार्सले ट्रम्प झुट र महिला विरोधी भएको बताएकी हुन् । ट्रम्मले आफ्नो बारेमा बोलेका कुरा फिर्ता नलिएकाले मुद्दा दर्ता गर्नु बाहेक विकल्प नरहेकाले कानुनी बाटोमा लागेको जर्वासले बताइन् । कामका लागि बेवेर्ली हिल्स होटलमा भएको छलफलमा ट्रम्पले आफूमाथि यौन दुव्र्यहार गरेको जवार्सको भनाई छ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी शुक्रबार जिम्मेवारी सम्हाल्दैछन् ।
0 comments
प्रतिकृया दिनुहोस