आजबाट भूकम्प पीडितलाई दोस्रो किस्ता दिन सुरु,डेढ लाख दिइने
“६ लाख २६ हजार ३६ घरधुरी दोस्रो किस्ता पाउने सूचीमा”काठमाडौं।सरकारले आजबाट भूकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ वितरण सुरु आजबाट सुरु गरेको
पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम पाउनेछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा मकवानपुर र सिन्धुलीका भूकम्प पीडितलाई दोस्रो किस्ताको डेढ लाख वितरण गर्दैछ । दुई जिल्लाबाट दोस्रो किस्ताका लागि करिव ३०० पीडितको नाम सिफारिस भएको छ ।


0 comments
प्रतिकृया दिनुहोस