गाडी किन्दा कुन बैंकले कति व्याजदरमा दिन्छन् ऋण ?

गाडी किन्दा बैंकहरुले सबैभन्दा सहज रुपमा कर्जा प्रवाह गर्ने गरेका छन्।

अन्यको तुलनामा गाडीमा दिइने कर्जाको व्याजदर पनि न्यून छ। लगानीयोग्य रकम कम भएको भन्दै बैंकहरुले मुद्दती निक्षेपमा ग्राहकलाई धेरै व्याजदर दिन थाले पनि गाडीमा लिने कर्जाको व्याजदर भने त्यति बढाएका छैनन्।

पछिल्लो समय सवारी साधनमा बैंकहरुको कर्जा अत्याधिक बढेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मंसिरसम्मको बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहलाई हेर्दा पनि अटोलोन प्रवाह बढेको देखिन्छ। ‘हायर पर्चेज’मा मंसिर मसान्तसम्म १ खर्ब ३६ अर्ब रकम प्रवाह भएको छ। जवकि गत आर्थिक वर्षको यही अवधिमा ८३ अर्ब रकम प्रवाह भएको थियो।

किनेको गाडीलाई नै बैंकहरुले धितो मान्ने भएकाले पनि गाडी चढ्न खोज्नेलाई कर्जा लिन सहज भएको छ। नियामक निकायले अनुपात्दक क्षेत्रमा धेरै कर्जा गएको भनेर जतिसुकै चिन्ता गरे पनि बैंकहरुले गाडीमा दिने कर्जा सबैभन्दा सहज र सस्तो व्याजदर छ।

न्यूनतम ७. ५ प्रतिशतको व्याजदरमै सहज रुपमा अटोलोन पाइने गरेको छ। एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले सो ब्याजदरमा अटोलोन प्रवाह गरिरहेका छन्। हाल विभिन्न बैंकहरुले दिने व्याजदरमध्ये यो सबैभन्दा सस्तो हो।

बैंकबाट लोन लिएर किन्दा गाडी ऋण दिने बैंककै नाममा रहने र कर्जा तिरिसकेपछि सवारीधनीको नाममा नामसारी हुने प्रभु बैंक लुम्बिनी शाखाका म्यानेजर सुमन ज्ञवालीले जानकारी दिए।

‘पछिल्लो समय अटोलोन लिनेको संख्या बढ्दो छ र यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ’ ज्ञवालीले भने ‘अटोलोन लिने बढेसँगै सस्तो व्याज कायम गर्न पनि बैंकहरुलाई प्रतिस्पर्धात्मक दवाव छ।’

सस्तो कार किन्दा कम्तीमा १५ लाख रुपैयाँ रकम जुटाउनुपर्छ। वाणिज्य बैंकहरुले विशेषत चारपांग्रे सवारी साधनको लागि कर्जा प्रवाह गर्ने गरेको बैंकर्सले जानकारी दिए। अटोलोनमा दिइने व्याजदर त्यसको अवधिले पनि फरक पार्ने गर्दछ। अर्थात किस्ता (इन्स्टलमेन्ट) तिरेर सक्ने अवधिलाई मध्यनजर गरेर ब्याजदर निर्धारण हुने गर्दछ।

त्यस्तै अटोलोनमा पनि कतिपय बैंकले व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिने गाडीहरुका लागि छुट्टै व्याजदर तोक्ने गरेका छन्।

हेरौँ कुन बैंकले अटोलोनमा लिने व्याजदर कस्तो छ ?
नेपाल बैंक
नेपाल बैंकले निजी सवारी साधनको हकमा ५ वर्षको लागि ९ प्रतिशतमा कर्जा दिन्छ। यदी ७ वर्षको अवधि राखिएमा यसको व्याजदर ९.५० प्रतिशत हुन आउँछ। व्यापारिक प्रयोजनका लागि किनिनेमा ५ वर्षसम्मको अवधिका लागि १० प्रतिशत व्याजदर तोकिएको छ।

प्रयोगमा आइरहेको निजी सवारी साधन किन्दा ४ वर्षको १० प्रतिशत तिर्नुपर्छ। बैंकले लक्ष्मी अटो लोन योजनामा ७.९० प्रतिशत र एनबिएल प्रोफेसनल अटो लोनमा ७. ९ प्रतिशत व्याजदर तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंक
यो बैंकले भने अटोलोनको व्याजदर ७. ५० प्रतिशत तोकेको छ। यसको अवधिअनुसार यो दरमा सामान्य हेरफेर हुनेछ।

कृषि विकास बैंक
कृषि विकास बैंकले अटोलोनको ब्याजदर १० प्रतिशत तोकेको छ। अटोलोन बैंकको प्राथमिकतामा नपरेकाले अन्य बैंकको तुलनामा यो केही महँगो हो।

सेञ्चुरी कमर्सियल बैंक
व्यक्तिगत प्रयोजनको लागि ५ वर्षे अवधिका लागि प्राइम योजनाअन्तर्गत ८. ५० देखि १०. ५० प्रतिशत व्याजदर तोकिएको छ। अन्य प्रयोजनका लागि किनिने सवारी साधनमा ११.५० देखि १३ .५० प्रतिशत व्याजदर तोकिएको छ।

त्यस्तै ७ वर्षे अवधिका लागि प्राइम योजनामा ९.५० देखि ११.५० प्रतिशत तोकिएको छ भने अन्य प्रयोजनका लागि किनिने गाडीमा १२. ५० देखि १४. ५० प्रतिशत तोकिएको छ।

व्यापारिक प्रयोजनका लागि किनिने गाडीमा ५ वर्षे अवधिसम्मको लागि प्राइम योजनामा ११ देखि १२ प्रतिशत तथा अन्यमा १३ देखि १४ प्रतिशतसम्म तोकिएको छ। व्यवसायिक प्रयोजनकै लागि किनिने गाडीमा ७ वर्षे अवधि हो भने प्राइम योजनामा ११. ५० देखि १२. ५० प्रतिशत र अन्यमा १३. ५० देखि १४.५० प्रतिशत व्याजदर छ।

सानिमा बैंक
सानिमा बैंकले निजी सवारी साधनको लागि ९. ५० देखि १३ प्रतिशत, व्यापारीक सवारी साधनको लागि १०. ५० देखि १४ प्रतिशत र ट्याक्सीका लागि ९. ५० देखि १३ प्रतिशतसम्म व्याजदर तोकेको छ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले प्राइम योजना अन्तर्गत ८. ५० देखि ९. ५० प्रतिशत तथा अन्यमा १२ प्रतिशत देखि १२. ५० प्रतिशतसम्म व्याजखदर तोकेको छ।

स्ट्याण्डर्ड चार्टड बैंक
स्ट्याण्डर्ड चार्टड बैंकले प्राइम योजना अन्तर्गत ७. ७५ प्रतिशत, स्ट्याण्डर्ड योजना अन्तर्गत ९ प्रतिशत र अन्यमा ९. ७५ प्रतिशत व्याजदर तोकेको छ।

सनराइज बैंक
सनराइज बैंकले कन्जुमरको लागि ८. ५० देखि १२ प्रतिशतसम्म र व्यापारिक प्रयोजनको लागी १० प्रतिशत देखि १३ प्रतिशत व्याजदर तोकेको छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले अवधि हेरेर ८ देखि १८ प्रतिशत व्याजरसम्म अटो कर्जा प्रवाह गर्ने गरेको छ।

सिभिल बैंक
सिभिल बैंकले चारपांग्रे सवारीसाधनको हकमा १०. २४ प्रतिशत व्याजदर तथा दुई पांग्रे सवारीसाधनको लागि १५. २५ प्रतिशत व्याजदर तोकेको छ।

बैंक अफ काठमाण्डु लुम्बिनी
निजी प्रयोजनको सवारी साधनको हकमा बैंक अफ काठमाण्डु लुम्बिनीले प्राइम योजना अन्तर्गत ८.५० प्रतिशत ब्याजदर तोकेको छ। स्ट्याण्डर्ड योजना अन्तर्गत १० प्रतिशत र अन्यमा १२ प्रतिशत ब्याजदर छ।

त्यस्तै बैंकले ब्यापारिक प्रयोजनको लागि प्राइम योजना अन्तर्गत ९ .५० प्रतिशत, स्ट्याण्डर्ड योजना अन्तर्गत ११ प्रतिशत र अन्य योजनामा १३ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले अवधि र प्रयोजन अनुसार ७. ५० देखि १० प्रतिशतसम्म ब्याजदर तोकेको छ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले प्राइम योजना अन्तर्गत ९ देखि १० प्रतिशतसम्म र अन्यमा ११ देखि १२ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

हिमालयन बैंक
यो बैंकले निजी प्रयोजनको सवारी साधनमा ८ प्रतिशतदेखि १०.५० प्रतिशतसम्म र व्यापारिक प्रयोजनको सवारी साधनको लागि ९. ७५ देखि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

जनता बैंक
जनता बैंकले अटोलोनमा ५ बर्षसम्मको लागि प्राइम योजना अन्तर्गत ९ देखि ११. ५० प्रतिशतसम्म र स्ट्याण्डर्ड तर्फ ११ दशमलव ५० देखि १५ प्रतिशतसम्म व्याजदर तोकेको छ। त्यस्तै ७ बर्ष सम्मको लागि प्राइम योजना अन्तर्गत ९.५० देखि १२ प्रतिशतसम्म र स्ट्याण्डर्डतर्फ १२ देखि १५ प्रतिशतसम्म व्याजदर तोकेको छ।

कुमारी बैंक
कुमारी बैंकले निजी सवारी साधनको लागि ९ प्रतिशत देखि १४ प्रतिशत तथा व्यापारिक प्रयोजनको सवारी साधनको लागि १० प्रतिशत देखि १४ प्रतिशतसम्म व्याजदर तोकेको छ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले अवधि र प्रयोजन अनुसार ८ देखि १२ प्रतिशत प्रतिशतसम्म व्याजदर तोकेको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले निजी प्रयोजनको सवारी साधनको लागि स्ट्याण्डर्ड योजना अन्तर्गत ९. ५० प्रतिशत, नर्मलतर्फ १०. ५० प्रतिशत र अन्यमा १२. ५० प्रतिशत व्याजदर तोकेको छ। व्यापारिक प्रयोजनको सवारी साधनको हकमा स्ट्याण्डर्ड योजनातर्फ ९ प्रतिशत, नर्मलमा ११ प्रतिशत र अन्य १३ प्रतिशत व्याजदर तोकेको छ।

मेगा बैंक
मेगा बैंकले निजी प्रयोजनको सवारी साधनको हकमा प्राइम योजना अन्तर्गत ८ देखि ११ प्रतिशतसम्म र अन्यमा ११ देखि १५ प्रतिशतसम्म व्याजदर तोकेको छ। त्यस्तै व्यापारिक प्रयोजनको लागि प्राइम योजना अन्तर्गत ९ देखि ११ प्रतिशत अन्यमा १२ देखि १६ प्रतिशतसम्म व्याजदर तोकेको छ।

नबिल बैंक
नबिल बैंकले निजी प्रयोजन सवारी साधनको लागि प्राइम योजना अन्तर्गत ८. ४९ देखि १०. ४९ प्रतिशतसम्म र अन्य योजनामा १०. ४९ देखि ११ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

त्यस्तै व्यापारिक प्रयोजन सवारी साधनको हकमा ९ .९९ देखि ११ .९९ प्रतिशत र ट्याक्टर लोनको लागि ९.४९ देखि १०.९९ प्रतिशतसम्म व्याजदर तोकेको छ।

एनसिसी बैंक
एनसिसी बैंकले अटो लोनको लागि स्ट्याण्डर्ड योजना अन्तर्गत ९ प्रतिशत र अन्यमा ११ प्रतिशतसम्म व्याजदर तोेकेको छ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले नयाँ सवारी साधनको हकमा ८.५० देखि १०.५० प्रतिशतसम्म र पुरानो सवारी साधनको लागि ९.५० देखि ११ दशमलव ५० प्रतिशतसम्म व्याजदर तोकेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले कर्पोरेट योजनातर्फ ८. ५० देखि ९ .५० प्रतिशत र स्ट्याण्डर्ड योजनातर्फ ११.५० देखि १२ . ५० प्रतिशतसम्म व्याजदर तोकेको छ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले अवधि र प्रयोजनको आधारमा ८. ५० देखि ११. ५० प्रतिशतसम्म व्याजदर तोकेको छ।

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले अटोलोनमा अवधि र प्रयोजनको आधारमा ८. ९९ देखि १२. ९९ प्रतिशत व्याजदर तोकेको छ।

एनएमबी बैंक
एनएमबी बैंकले प्राइमयोजना अन्तर्गत ७ .४९ प्रतिशत, स्ट्याण्डर्ड योजना अन्तर्गत ९.९९ प्रतिशत र अन्यमा ११. ९९ देखि १३. ९९ प्रतिशतसम्म व्याजदर तोकेको छ।

प्रभु बैंक
प्रभु बैंकले सवारीसाधन लोनमा ५ वर्षसम्म ८ .९९ देखि १०. ५० प्रतिशत तथा ५ वर्ष देखि ८ बर्षसम्मको अवधिका लागि ९.२५ देखि १०.९९ प्रतिशत व्याजदर तोकेको छ।

प्राइम कमर्सियल बैं

प्राइम कमर्सियल बैंकले व्यापारीक सवारी साधनको हकमा प्राइम योजना अन्तर्गत १० प्रतिशत देखि ११ प्रतिशत र अन्यमा ११. ५० देखि १३. ५० प्रतिशतसम्म व्याजदर तोकेको छ। त्यस्तै निजीको हकमा प्राइम योजना अन्तर्गत ९ प्रतिशत देखि १० प्रतिशतसम्म र अन्यमा १०. ५० देखि १२. ५० प्रतिशतसम्म व्याजदर तोकेको छ।

0 comments

प्रतिकृया दिनुहोस