यमबुद्वको पोष्मार्टम रिपोर्ट सार्वजनिक, बंगारा भाँच्चिएको भेटियो

काठमाडौं । चर्चित र्याप गायक अनिल अधिकारी ‘यमबुद्व’ को पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।
गत सोमबार उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको हो ।

रिपोर्टमा उनले आत्महत्या गरेको नै र आत्महत्या हुनुभन्दा अघि मदिरा सेवन गरेको देखाएको छ । साथै उनको बंगारा भाँच्चिएको पनि रिपोर्टम
उनको पोष्टमर्टम रिपोर्टमा उनले लागुऔषधको सेवन नगरेको पुष्टि भएको डाक्टरलाई उद्धृत गर्दै पारिवारिक श्रोतले जनाएको छ । मृत्यु हुने रात उनले श्रीमतीसँग बसेर वाइन पिएका थिए ।
आत्महत्या गर्दा यस्तो हुनु सामान्य भएको डाक्टरले बताएका छन् । यसैबिच यमबुद्धले आफ्नो पासपोर्ट स–सानो टुक्रा हुनेगरी च्यातेको समेत भेटिएको छ ।

उनको यसो गर्नुका पछाडि के कारण हुनसक्छ भन्ने विषयमा केही खुल्न आएको छैन । हाल उनको शव नर्थविक पार्क अस्पतामा छ ।

शनिबार बिहान उनी लण्डनस्थित आफ्नै घरको बाथरुममा बेल्टमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

उनका परिवारले शव नेपाल ल्याउन खोजिरहेको छ । तर उनको शव नेपाल ल्याइने वा नल्याइने भन्ने विषयमा आधिकारीक पुष्टि हुन भने बाँकी नै छ ।

0 comments

प्रतिकृया दिनुहोस