खाना पकाउने ग्याँसको मूल्य घट्यो
काठमाडौं, ६ माघ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य ६ जिल्लामा घटाएको छ ।
निगमकाअनुसार दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३ सय ५ रुपैयाँमा सिलिण्डर पाइने आयल निगमले जनाएको छ ।अन्य जिल्लामा ग्याँस प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँ छ ।
उक्त जिल्लामा ग्याँसको ढुवानी लागत कम परेको भन्दै मूल्य घटाएको निगमको भनाइ छ । अहिले भारतको मथुरा रिफाइनरीबाट ग्याँसको आपूर्ति बढेकाले यी जिल्लामा ढुवानी लागत कम परेको हो ।


0 comments
प्रतिकृया दिनुहोस