टेरियालाई जिताउन अभियान, भोटिङ कसरी गर्ने ?

भवानीप्रसाद पाण्डे/उज्यालो ।
रुपन्देही, माघ ६ – भारतीय टेलिभिजन कलर्सको चर्चित रियालिटी सो ‘झलक दिखला जा’ को उपाधि नजिक पुगेकी रुपन्देही रुद्रपुरकी टेरीया फौजा मगरलाई जिताउन रुपन्देहीमा अभियान जारी रहेको अभियन्ताले बताएका छन् । जनवरी १४ बाट सुरु भएको अनलाइन र एसएमएस भोटिङ २१ जनवरीसम्म जारी रहने छ ।

आउँदो शनिबार राति सवा १० बजे विजेताको घोषणा हुनेछ । टेरियासँगै उपाधि भिडन्तमा भारतीय सिनियर डान्सर एवं ‘झलक दिखला जा’ का पूर्व विजेता सलमान योसुफ खान र वर्ल्ड हिपहपका विजेता सानतनु महेश्वरी रहेका छन् । उपाधि जितेमा टेरियाले पुरस्कार स्वरुप ३० लाख भारतीय रुपैयाँ र एउटा कार प्राप्त गर्नेछिन ।
टेरिया फौजामगर फाउण्डेसनका अध्यक्ष एवं टेरियाका हजुरबुवा कृष्ण फौजामगरका अनुसार १४ जनवरीदेखि नै टेरिया जिताउ अभियान जारी रहेको बताउनुभयो । टेरियाका समर्थक र आफन्तहरुले बुटवल, भैरहवा र सुनौलीमा स्टल नै राखेर अनलाइन भोटिङ गरिरहेका छन् । अनलाइन भोटिङका लागि ‘झलक दिखला जा’ को पेज खोलेर नेपालबाटै भोटिङ गर्न सकिन्छ ।
र एसएमएस भोटिङको लागि भने भारतमै जानु पर्दछ । नेपाली सिमकार्डबाट टेरियालाई एसएमएस भोटिङ गर्न सकिँदैन । फाउण्डेसनका अध्यक्ष कृष्ण फौजामगर नेतृत्वको टोलीले भारतको सुनौली मै पुगेर एसएमएस भोटिङ गरिहेको छ । टेरीयाले सुरुमा नृत्य प्रशिक्षण लिएको बागेश्वरी संगीतालय बुटवलका प्रमुख सुरेस सेञ्चुरीका अनुसार त्भ्च् टाइप गरी छटडडद्द मा एसएमएस पठाएपछि टेरियालाई भोट दिन सकिन्छ ।

0 comments

प्रतिकृया दिनुहोस