स्थानीय तह पुनर्संरचनाको विवादले नुवाकोटमा तनाव १० तस्वीरमा हेर्नुहोस
काठमाडौं– स्थानीय तह पुनर्संरचना आयोगको प्रस्तावपछि उठेको विवाद नुवाकोटमा अझै सेलाएको छैन । आज जिल्ला सदरमुकाम विदुरमा भइरहेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीले पनि सकारी कार्यलय र गाडीमा तोडफोड गरेका छन् ।
चौघडा, खानीगाउँ, सुर्यमती र थानसिङ गाविसका स्थानीयको आन्दोलनमा उत्रेका छन् । आन्दोलनमा प्रहरीले पच्चीस राउण्ड अश्रुग्याँस र पच्चीस राउण्ड हवाइफायर भएको आन्दोलनकारीको आरोप छ ।
प्रस्ताबित लिखू गाऊँपालिका बचाउ संघर्स समितिले शान्तिपूर्ण आन्दोलन गरेको छ । जिल्लाका सम्पूर्ण राजनीतिक दलले शिफारिस गरेर पास गरेको गाऊँपालिकालाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप केन्द्रमा उल्टाइएको भन्दै आन्दोलन भएको हो ।
फोटो सौजन्य : अशोक ढकाल









0 comments
प्रतिकृया दिनुहोस