मलेसियाले दिने भयो अवैध विदेशी कामदारलाई वैध बन्ने अवसर

काठमाडौं– मलेसिया सरकारले गैरकानुनी विदेशी कामदारहरुलाई अस्थायी श्रम स्वीकृति दिने भएको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् ।
मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले सो कुराको जानकारी दिएको समाचारमा उल्लेख छ ।
मलेसियास्थित औद्योगिक क्षेत्रहरुमा भएको माग पूर्ति गर्न र गैरकानुनी कामदारको संख्या घटाउन सरकारले सो निर्णय गरेको बताइएको छ । सो निर्णय लागू भएमा मलेसियामा गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले वैधानिक हुने अवसर प्राप्त गर्नेछन् ।

0 comments

प्रतिकृया दिनुहोस