६०० वर्ष पुरानो बुद्धको मूर्ति तालमा भेटियो

काठमाडौं, माघ ४ । भगवान गौतमबुद्धको ६०० वर्षभन्दा पुरानो मूर्ति चीनको चियाङसी प्रान्तस्थित एउटा तालमा फेलापरेको छ ।

करिब १२ फिट अग्लो बुद्धको मूर्ति जलविद्युत आयोजनाको प्रवेशद्वार मर्मत गर्नेक्रममा फेलापरेको चिनियाँ समाचार एजेन्सीले ‘सिन्ह्वा’ले जनाएको छ ।

मर्मतका लागि पानी सुकाउँदा पहाडमा खोपेर बनाइएको अवस्थामा मूर्ति फेलापरेको जनाइएको छ ।

स्थानीय वासिन्दाले मूर्ति देखेपछि चिनियाँ पुरातत्वविद्हरुले अनुसन्धान गर्दा तालभित्र मन्दिर नै भेटिएको र त्यसभित्र मूर्ति फेलापरेको पनि जनाइएको छ ।

मन्दिर र बुद्धको मूर्ति मिङ वंशी राज्यकाल बनाइएको वा युआन वंशको बेलाको हुनसक्ने अनुमान गरिएको छ ।

पुरातत्वविद्हरुले सो स्थान ध्वस्त भएको ऐतिहासिक स्याओसी सहर हुनसक्ने भन्दै थप अनुसन्धान सुरु गरेका छन् । (एजेन्सी)

0 comments

प्रतिकृया दिनुहोस