एक सातामा म्याड्रिडको लगातार दुई हार
नौ महिनादेखि अपराजित रहँदै आएको स्पेनिस क्लब रियल म्याड्रिड यही साता आफ्नो दुवै खेलमा लगातार पराजित भएको छ। बुधबार सेल्टा भिगोविरूद्ध कोपा डेल रेको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको घरेलु खेलमा २–१ ले पराजय भागेपछि लस ब्लान्कोसको सेमिफाइनल प्रवेश गर्ने अभियानमा गम्भीर धक्का लागेको छ।
म्याड्रिडले सेमिफाइनल प्रवेशका लागि अब सेल्टा भिगोसँगको ‘अवे’ खेलमा कम्तीमा दुई गोलको अग्रता बनाउनुपर्नेछ।
सेल्टाका लागि ६४ मिनेटमा लागो अस्पासले सुरुवाती गोल गरेका थिए। त्यसको ५ मिनेटमा मार्सेलोले कडा भलि गोल गर्दे खेललाई बराबरीमा त राखे तर त्यो लामो समय टिक्न सकेन्। त्यसको एक मिनेटपछि नै जोनीले अर्को गोल गर्दै म्याड्रिडलाई उसैको घरमा स्तब्ध पारे।
यस खेलमा करिब ६ मिनेटभित्र ३ गोल सम्भव भएको थियो। म्याड्रिडले गत साता मात्र बार्सिलोनाको कीर्तिमानलाई भंग गर्दै स्पेनिस फुटबलमा ४० खेल अपराजय बिना खेलेको थियो। केही दिनमात्र म्याड्रिडको अपराजित यात्रालाई सेभिलले २–१ गोलले नै तोडेको थियो।


0 comments
प्रतिकृया दिनुहोस