सन् २०१६ मा १५० बढीलाई मृत्युदण्डपछि साउदीमा सन् २०१७ को पहिलो मृत्युदण्ड दिइयो

रियाद – विश्वमा नै धेरै मृत्युदण्ड सुनाउने देशमध्ये पर्ने साउदी अरेबियामा मंगलबार सन् २०१७ को पहिलो मृत्युदण्ड दिइएको छ । सन् २०१६ मा यस्ता १५० भन्दा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

विवादका क्रममा एक व्यक्तिको गोली हानी हत्या गरेका मोहदु अल अन्जलीलाई अधिकारीहरुले मृत्युदण्ड दिएको गृहमन्त्रालयले जनाएको छ ।

उनलाई इराकको नजिकै रहेको अरार सहरमा मृत्यु दण्ड दिइएको थियो ।

एएफपीका अनुसार सन् २०१७ मा साउदीमा १५३ जना स्थानीय र विदेशीलाई इस्लामिक कानुनी आचारसंहिता अनुरुप टाउको काटेर मृत्युदण्ड दिइएको थियो ।

यो पछिल्लो वर्षको तुलनामा कम हो । सन् २०१५ मा यो संख्या १५८ थियो ।

इरान र पाकिस्तानपछि साउदी मृत्युदण्डको सजाय सुनाउनेमा तेस्रो स्थानमा आउँछ ।

0 comments

प्रतिकृया दिनुहोस