कति छ आज सुनको भाउ ?

काठमाण्डौ। सुनको मूल्य मंगलबार सामान्य बढेको छ। सोमबारदेखि दुई तवरले वर्गीकरण गरेर सुनको मूल्य निर्धारण गर्न थालिएको छ।जसअन्तर्गत ९९ दशमलव ९९ प्रतिशत शुद्धता रहेको सुनलाई ‘फाइन गोल्ड’ र ९९ दशमलव ५० प्रतिशत शुद्धता रहेको सुनलाई ‘स्टाण्डर्ड गोल्ड’ भनी सुनचाँदी व्यवसायी महासंघले वर्गीकरण गरेको हो।
यसअनुरुप आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ छ। जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ महँगो हो। स्टाण्डर्ड गोल्डको मूल्य प्रतितोला ५५ हजार रुपैयाँ रहेको छ। यो मूल्य अघिल्लो दिनकै हो। चाँदी भने प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ

0 comments

प्रतिकृया दिनुहोस