मृगलाई ताकेर हानेको गोली आफ्नै साथिलाई लागेर मृत्यु
भोजपुर–दोभाने–८ स्थित फेदीको जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक युवाको मृत्यु भएको छ। गर्धनमा गोलीको छर्रा लागेर स्थानीय २६ वर्षीय योगेन्द्र राईको मृत्यु भएको हो।
सँगै शिकार खेल्न गएका ४२ वर्षीय मदन राईले मृगलाई ताकेर हानेको भरुवा बन्दुकको गोलीले योगेन्द्रलाई लागेको हो।
घटनास्थलबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित मदन राईलाई पक्राउ गरेको जनाएको छ।


0 comments
प्रतिकृया दिनुहोस