भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने
काठमाडौं – मोबाइलमा भ्वाइस (कुराकानी) र इन्टरनेट (डाटा) सेवा बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने भएको छ । मोबाइलमा मनोरन्जन सेवा, मोबाइल बैंकिङ, लोकेसन ट्याकिङसहितको सेवाका लागि अनुमति लिनुपर्ने खबर अन्नपूर्ण पोष्टमा छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार मोबाइलमा भ्याइस र डाटाको अतिरिक्त अन्य सेवा दिन इजाजत लिने व्यवस्था गर्न लागिएको हो । मोबाइल तथा यसबाट लिइने सेवाको विश्वसनियता र नियमनका लागि इजाजतपत्रको व्यवस्था आवश्यक भएकाले उचित परामर्श माग गरिएको उनले जानकारी दिए ।
प्राधिकरणले मोबाइल भ्याल एडेड सर्भिस (एमभास)का लागि अनुमति लिने व्यवस्था गर्न लागेको हो । जेनेरल मोबाइल भ्यालु एडेड, मोबाइल फाइनान्स र लोकेसन ट्याकिङ सेवाका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्न खोजिएको प्राधिकरणले जानकारी दिएको छ ।


0 comments
प्रतिकृया दिनुहोस