कुकुरको सामूहिक आक्रमणले यी नायिका गम्भीर अवस्थामा अस्पताल भर्नाः घाउ गहिरो, शल्यक्रिया गरिने
साउथ इन्डिया फिल्मकी निकै चर्चित नायिका पारुल यादवलाई गहिरो चोटका कारण भारतको अन्धेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।
बुधबार अंधेरीस्थित उनको निवास नजिकै चार पाँचवटा कुकुरले अचानक उनीमाथि आक्रमण गरे । सोमबार बेलुकी ५ः३० बजेतिर आफ्नो घरपालुवा कुकुरलाई बाहिर घुमाउन लगेका बेला भुस्याहा कुकुरको आक्रमणबाट आफ्नो कुकुरलाई बचाउने क्रममा ती कुकुरहरुले उनमाथि नै जाइलागेको बताइएको छ ।
कुकुरले टोकेका कारण पारुलको शरिरको विभिन्न भागमा निकै गहिरो चोट लागेको छ
उनको घाउमा मलमपट्टी लगाउनुका साथै रेबिजका लागि आवश्यक उपचार अगाडि बढाइएको छ । घाउ गहिरो भएकाले सम्भवतः उनको शल्यक्रिया भोली हुने सम्भावना छ । यद्यपी, पारुलको स्थिती खतराभन्दा बाहिर भएको र डाक्टरको विशेष टोलीले उनीको उपचारमा संलग्न छन् ।
बैंगलुरुमा बस्ने पारुल यादव कन्नड, मयालम र थुप्रै तमिल फिल्ममा काम गरिसकेकी छिन् । उनले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।



0 comments
प्रतिकृया दिनुहोस