निर्वाचनसम्बन्धी महत्वपूर्ण दुईओटा विधेयक संसदबाट पारित
काठमाडौं, माघ १२ । व्यवस्थापिका–संसदले निर्वाचनसम्वन्धी महत्वपूर्ण दुईओटा विधेयक पारित गरेको छ
संसदको राज्य व्यवस्था समितिले तयार पारेको प्रतिवेदनसहितको विधेयक केही दिनअघि बसेको संसद बैठकमा पेस गरिएको थियो ।
यी दुबै विधेयक पारित भएपछि अब निर्वाचनसम्बन्धी तीनओटा महत्वपूर्ण विधेयक संसदमा विचाराधीन छन् ।
यी विधेयकसमेत पारित भइसकेपछि निर्वाचन गर्न सहज हुनेछ । संसदको अर्को बैठक शुक्रबार १ बजे पुनः बस्नेछ


0 comments
प्रतिकृया दिनुहोस