ओलम्पिकमा मेडल विजेता रसियाका कुस्तीवाजलाई रामदेवको ‘च्यालेन्ज’

नयाँ दिल्ली – प्रो रेस्लिङ लिग भए पनि यसले हालसम्म त्यति चर्चा बटुल्न सकिरहेको थिएन ।

तर, जब बाब रामदेवले सन् ओलम्पिकमा कुस्तीमा रजत पदक विजेता आन्द्रे स्टाडनिकलाई मैत्रिपूर्ण कुस्तीका लागि दंगलमा आउन चुनौती दिए, यसको चर्चा बढेर गएको छ ।

बुधबार मुम्बाई महारथी र एनसिआर पन्जाब रोयलस्बीचको खेलअघि यो खेल हुनेछ ।

बाबा रामदेवको पतान्जली आयुर्वेद लिमिटेडले प्रो रेस्लिङ लिको प्रायोजन गरिरहेको छ ।

\
उता, आन्द्रले पनि बाबा रामदेवको चुनौती स्वीकार गरिसकेका छन् ।

रामदेव भने यसका लागि चिन्तित छैनन् । ‘मैले यसअघि नै राष्ट्रिय स्तरका खेलाडीहरुसँग कुस्ती लडिसकेका छौँ । तपाइँहरु यो खेल योगाको असरी शक्ति देख्नुहुनेछ,’ बाबा रामदेवले भने । उनले हरेक दिन स्टामिना बढाउनका लागि व्यायाम र कुस्तीको अखाडामा पुग्ने गरेको बताए ।

यसअघि रामदेवले स्टेजमा डान्सको साथै र फुटबल प्रतियोगितामा भाग लिइसकेका छन् ।

0 comments

प्रतिकृया दिनुहोस