उच्च अदालतका ८० जना न्यायाधीशहरुलाई शपथग्रहण
काठमाडौं, माघ ५ । सातओटा उच्च अदालतहरुमा नियुक्त गरिएका ८० जना न्यायाधीशहरुलाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ ।
विराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतका लागि उनीहरुलाई नियुक्त गरिएको हो ।
प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा सम्बन्धित अदालतका मुख्य न्यायाधीशले उनीहरुलाई शपथ गराएका हुन् ।
न्यायपरिषद्का सदस्यहरुबीच नै विवाद उत्पन्न भएको अवस्थामा न्यायाधीश नियुक्ति गरिएपछि नेपाल बार एसोसिएसन तथा सरकारी वकिलहरुले तीव्र असन्तुष्टि राख्दै आएका छन् ।


0 comments
प्रतिकृया दिनुहोस