साँझ ८ बजेपछि चुरोट र रक्सी बेच्न प्रतिबन्ध लगाउने
काठमाडौं, ५ माघ । सरकारले अब साँझ ८ बजेपछि चुरोट र रक्सी बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
मानव स्वास्थ्य र समाजमा असर पारेको भन्दै सरकारले आउँदो वैशाखदेखि ८ बजेपछि चुरोट र रक्सी बेच्न प्रतिबन्ध लगाउन लागेको हो ।
१८ वर्षभन्दा कम उमेर भएकाहरुले सुर्तीजन्य पदार्थ र मदिरा कुनै पनि समयमा किन्न र बेच्न प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । यसका लागि अर्थ मन्त्रालयले कार्य विधि तयार गरिरहेको छ ।


0 comments
प्रतिकृया दिनुहोस