किन मार्न चहान्छन् बलिउडका अभिनेता अक्षय कुमार र उनकी पत्नि एक–अर्कालाई

काठमाडौं, ५ माघ । बलिउडका अभिनेता अक्षय कुमार र उनकी पत्नि ट्वीकल खन्नाले हालै मात्र आफ्नो विवाहको १६ औँ बर्षगाँठ मनाएका छन् ।

बलिउडमा यो जोडीलाई एक आर्दश जोडी मानिन्छ । प्रायः आफ्नै आफ्नै काममा व्यस्त भइरहने यी दुई आफ्नो परिवारको लागि सधैँ समय निकाल्छन्

विवाह बन्धनमा बाधिएको १६ बर्ष पुग्दा ट्वीकलले एक राज खोलेकी छिन् । उनले १६ बर्षदेखि एक अर्कालाई मार्न कोशिश गरेको तर सफल नभएको बताएकी छिन् ।

सुन्दा अचम्म लाग्छ, तर अक्षयकी पत्निले विवाहको १६ बर्ष पुगेको उपलक्ष्यमा सामाजिक सञ्जालमा शेयर गरेको एउटा भिडियोको क्याप्सनमा एक अर्कालाई मार्न कोशिश गरेको तर सफल नभएको लेखेकी थिइँन ।

0 comments

प्रतिकृया दिनुहोस