उपचार गरेर घर फर्कंदै गर्दा श्रीमानको मृत्यु, गर्भवती श्रीमतीसहित तीन छोराछोरीको बिचल्ली
उदयपुर माघ ५ – उपचार गरेर घर फर्कने क्रममा श्रीमानको ज्यान गएपछि गर्भवती श्रीमतीसहित तीन बच्चाको बिचल्ली भएको छ । भारतमा उपचार गरी घर फर्केका खोटाङको राजापानी खाम्तेलका ५० वर्षे कुमार परियारको ज्यान गएपछि परिवारको बिचल्ली भएको हो ।परियारको गएको मंगरबार राति जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा ज्यान गएको हो । दमका रोगी परियार भारतमा उपचार घर फर्कंदै गर्दा उदयपुर आइपुगेपछि पुनः बिरामी परेका थिए ।
श्रीमानको ज्यान गएपछि सुस्त मानसिक अवस्थाकी गर्भवती श्रीमती उमा र उनका चार वर्षे, साढे दुई वर्षे र डेढ वर्षे छोराछोरीको बिजोग भएको हो । कपडा सिलाएर जीविकोपार्जन गर्ने घरमुलीको ज्यान गएपछि बालबच्चा बिचल्लीमा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
महिला तथा बालबालिका सेल प्रमुख उमा गुरुङका अनुसार बोल्न र सुन्न नसक्ने मृतककी गर्भवती श्रीमती र तीन बच्चालाई सेफ हाउसमा राखिएको छ ।


0 comments
प्रतिकृया दिनुहोस