पतिसँग यौनसम्पर्क नराख्न महिला सांसद्को अपिल, यस्तो छ कारण
केन्या – केन्याकी एक सांसद्ले महिलाहरुलाई आफ्नो पतिसँग यौनसम्पर्क नराख्न अपिल गरेकी छिन् ।
आगामी ८ अगस्तमा हुने चुनावका लागि मतदाताको रुपमा आफ्नो पञ्जिकरण नगरेसम्म पतिहरुलाई सेक्सबाट बञ्चित गर्न आग्रह गरेकी हुन् ।
यस्तो अपिल गर्ने मिशि मबोको तटीय शहर मोम्बासामा महिला प्रतिनिधि हुन् ।
मबोले भनिन्, ‘महिलाहरुले यो रणनीति अपनाउनुपर्छ । यो नै सबैभन्दा उत्तम हो । तपाइँलाई पतिले आफ्नो मतदाता कार्ड नदेखाएसम्म पतिलाई यौनसम्पर्क गर्न नदिनु ।’
मबोले सेक्स शक्तिशाली हतियार बताउँदै यसले मतदाताका रुपमा दर्ता गर्न अनिच्छुक पुरुषहरुलाई मतदाताको रुपमा पञ्जिकरण गर्न प्रोत्साहित गर्ने बताएकी छिन् ।
त्यहाँ सोमबारबाट पञ्जिकरण शुरु भएको छ ।
स्ट्याडर्ड अखबार छापिएको रिपोर्टअनुसार आफ्नो पञ्जिकरण गरिसकेका पतिलाई भने यसको असर नहुने मबोले बताएकी छिन् ।
केन्यामा राष्ट्रपति उहूरु केनयट्टा दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन् ।
उनलाई मबोको पार्टी ओडीएमसमेत विपक्षी दलहरुको गठबन्धको समर्थनबाट उभिने उम्मेद्वारबाट चुनौती हुन सक्छ ।
केन्यामा यौनसम्पर्क बहिस्कारको अपिल सामान्य बनेको छ । सन् २००९ मा पनि महिला कार्यकर्ताले एक हप्तासम्म सेक्स हड्ताल गरेका थिए ।
त्यतिबेला उनीहरुले राष्ट्रपति मबाई किबाकी र प्रधानमन्त्री राइला ओडिंगा र उनको सहयोगबीच देखिएको विवाद समाधान गर्न यस्तो कदम उठाएका थिए ।


0 comments
प्रतिकृया दिनुहोस