रेलसँगको सेल्फि माेहले लियो दुई किशोरको ज्यान
माघ ५ – भारतको दिल्लीमा रेलसँग सेल्फि लिने क्रममा दुईजनाको ज्यान गएको छ । शनिबार किशोरको एक समूह गुड्दै गरेको रेलको अगाडि सेल्फि खिच्ने होडमा रेलवे ट्रयाकमा दौडेका थिए । सेल्फि लिइसकेर अरु सबै ट्रयाकबाट बाहिर निस्किन
गएको वर्ष एक अध्ययनले अरु देशको तुलनामा भारतमा सेल्फि खिच्ने क्रममा धेरैले ज्यान गुमाउने गरेको जनाएको थियो ।
भारतमा अहिलेसम्म सेल्फि खिच्ने क्रममा ७६ जनाले ज्यान गुमाएका छन् जबकी विश्वभरी सेल्फि खिच्ने क्रममा ज्यान गुमाउने १ सय २७ छन् ।
गएको वर्ष दुई विद्यार्थीले सेल्फि खिच्ने क्रममा समुन्द्रमा डुबेर ज्यान गुमाएपछि भारतमा १५ वटा ठाउँलाई सेल्फि निषेधित क्षेत्र घोषणा गरिएको छ ।


0 comments
प्रतिकृया दिनुहोस