१ सय २० बैंक तथा वित्तीय संस्था ४१ मा झरे
मर्ज तथा एक्वीजिसनका कारण चालु आर्थिक वर्षको मंसिरसम्म १ सय २० वटा बैंक तथा वित्तीय संस्था ४१ मा झरेका छन्। राष्ट्र बैंकले मर्ज तथा एक्वीजिसनलाई प्राथमिकता दिएसँगै ७९ बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज हुन गएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार घ वर्गका माइक्रोफाइनान्सको संख्या पनि यसमा समाहित छ। त्यस्तै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका द्धन्द्धकालीन समयमा विस्थापित ३ सय १८ शाखामध्ये यस अवधिसम्म १ सय ४९ शाखा पुर्नस्थापित भएका छन्। -source


0 comments
प्रतिकृया दिनुहोस