जान्नुस् बिहेका लागि अभिषेकले कसरी ऐश्वर्यालाई प्रस्ताव गरेका थिए?
बलिउडका स्टार जोडी ऐश्वर्या राय तथा अभिषेकले बिहा गरेको यसपाली १० वर्ष पुग्दैछ। उनीहरूले सन् २०१७ अप्रिल २० तारिखमा बिहा गरेका थिए। अभिषेकले हालै ट्विट गर्दै आफूले कसरी ऐश्वर्यालाई बिहाको लागि प्रस्ताव गरेको थिएँ भनेर सम्झना गरे। उनले बिहाको प्रस्तावको बारेमा यसरी सम्झना गरेका थिए। '१० वर्ष अगाडि न्यूयोर्कको मुटु कमाउने जाडोमा बाल्कनीमा उभिएर मैले एश्वर्यालाई सोधेको थिएँ, 'मसँग बिहे गर्छौ? यसमा ऐश्वर्याले तुरून्तै गर्छु भनिन्।' त्यस्तै अभिषेकले आफ्नो विवाह प्रस्तावलाई ऐश्वर्याले हुन्छ भन्न १ सेकेन्ड पनि ढिला नगरेको बताए। उनले सो पल आफ्नो जीवनको खास क्षणका रूपमा रहिरहने बताए। अभिषेकले ऐश्वर्यालाई मणिरत्नमको 'गुरू' फिल्मको प्रिमियर पश्चात बिहाको प्रस्ताव गरेका थिए। -source


0 comments
प्रतिकृया दिनुहोस