दर्पणछायाँकी सहारा
माघ ४, २०७३-
फुच्ची तर राम्री सहाराको पूरा नाम सहारा कार्की हो । यद्यपि उनी आफ्नो थरले भन्दा पनि नामले मात्र चिनिन चाहन्छिन् । त्यसैले आफ्नो पहिलो चलचित्र ‘दर्पणछायाँ टु’मा उनले नाममात्र राखेकी छिन्, सहारा । मात्र १७ वर्षकी सहाराले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका पुष्पललाई ‘दर्पणछायाँ दुई’मा आफ्नो जोडी बनाएकी छिन् । डेढ दशकअघिको सुपरहिट चलचित्र ‘दर्पणछायाँ’को सिक्वेल नभए पनि
फरक कथामा फरक प्रस्तुतिका साथ निर्देशक तुलसी घिमिरेले ‘दर्पणछायाँ टु’ तयार पारेका छन् । अमेरिकाको कोलोराडो राज्यमा अभिभावकहरूका साथ बसिरहेकी सहारालाई निर्देशक घिमिरेले अमेरिकामै भेटेका हुन् । उनकै अभिभावकहरूसँगको सल्लाहमा घिमिरेले ‘दर्पणछायाँ दुई’ बनाउने निधो गरेको बताइन्छ । अब सुपरहिट ‘दर्पणछायाँ’की निरुतालाई ‘दर्पणछायाँ दुई’की सहाराले ‘रिप्लेस’ गर्लिन् त ? फागुन १७ मा ‘दर्पणछायाँ दुई’ प्रदर्शन भएपछि मात्र थाहा हुनेछ ।


0 comments
प्रतिकृया दिनुहोस