माघ १५ भित्र निर्वाचनसम्वन्धि ऐनकानून आए निर्वाचन सम्भव
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अवको सात दिनमा सरकारले निर्वाचनसम्वन्धि ऐन कानून उपलब्ध नगराए आगामी जेठ महिनाको पहिलो साता निर्वाचन गर्न असंभव रहेको बताएका छन् । उनले माघ १५ भित्र निर्वाचन सम्वन्धि ऐनकानून उपलब्ध भए बैशाख २८ र २९ गते निर्वाचन सुरु गरेर जेठको पहिलो सातामा निर्वाचन सम्पन्न गर्न सकिने पनि बताए ।
काठमाडौँमा आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकतामा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भएपनि त्यो पुरा हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उनले सरकारले तदारुकताका साथ निर्वाचन विधेयक अघि बढाएमा र आयोगलाई माघ भित्र निर्वाचन एन उपलब्ध गराएमा निर्वाचन समयमै हुन सक्ने दावी गरे ।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको र चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको बताए । उनँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्भव नभएको पनि स्पष्ट पारे ।
निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको उनँले जानकारी दिए ।


0 comments
प्रतिकृया दिनुहोस