एमआई फाइभ एस मोबाइल बजारमा

माघ ४, २०७३- चिनियाँ मोबाइल कम्पनी साओमीले नयाँ सुविधा र प्रविधिसहित एमआई फाइभ एस (Mi5s) नेपाली बजारमा ल्याएको छ ।

नेपाली बजारमा रुचाईएको एमआई ब्रान्डअन्र्तगत रेडमी फोर ए र एमआई सेरिजको एमआई फाइभलाई परिमार्जित सुविधा र प्रविधि थप गरी एमआईफाइभएस बजारमा उपलब्ध गराएको हो । १४ हजार ९ सय ९९ सय मूल्यको यस फोनमा २ जीबी र्‍याम्प, १६ जीबी रोमसहित ५ इन्चको डिस्प्लेमा रहेको उक्त कम्पनीले जनाएको छ ।

साओमीले विश्वबजारमा स्मार्ट फोन र विभिन्न इलोक्ट्रोनिक सामग्रीहरुको डिजाइन, उतपादन र प्रवद्र्धन गर्दै आइरहेको छ । सन् २०१० अप्रिल ६ मा स्थापना भएको यो कम्पनी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनीको रुपमा रहेको छ । यस कम्पनीले २०१५ को अन्त्यसम्म ७ करोड स्मार्ट फोन बिक्री गरेको बताइएको छ ।

0 comments

प्रतिकृया दिनुहोस